Logo

युनियन लाइफ इन्स्योरेन्स नेप्सेमा सूचिकृत, कारोबारका लागि युएलआई सिम्बोल

युनियन लाइफ इन्स्योरेन्स नेप्सेमा सूचिकृत, कारोबारका लागि युएलआई सिम्बोल



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मजोज कुमारलाल कर्ण र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले असार २४ देखि २८ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड असार ३१ गते गरेकोमा आईपीओमा शेयरपाउने शेयरधनीको हितग्राही खातामा शेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो ।

कम्पनीले प्रभु क्यापिटललाई आगामी दुई वर्षको लागि २०७८ साउन १ देखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँड पश्चात शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने कार्यका साथै धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको छ । कम्पनीले नेप्सेमा कारोबारका लागि युएलआई सिम्बोल पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL