Logo

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजबाट बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजबाट बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६५ हजार ७६० कित्ता संस्थापक शेयर आजबाट लिलामी प्रकृयाबाट बिक्रीमा आएको छ ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ मा साउन ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरुका गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म ३५ दिने समय दिई बिक्रीको आव्हान गरिएको थियो ।

संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर बिक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL