Logo

मैलुङ खोला जलविद्युतको आइपिओ बिक्री खुला, यसरी गर्न सकिन्छ आवेदन

मैलुङ खोला जलविद्युतको आइपिओ बिक्री खुला, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनीले आज बिहीबारदेखि प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजारमध्ये २० प्रतिशत अर्थात  ७ करोड ३६ लाख २८६ रुपैयाँ बराबरको शेयर निष्काशन गरेको हो । 

प्रतिशेयर  १०० रुपैयाँको अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीले निष्काशन गर्ने कूल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

बाँकी रहेको ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपिओमा छिटो अवधि साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ भने सो समयसम्म मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म आइपिओका लागि आवेदन दिन सकिनेछ ।

आइपिओ खरिदका लागि लगानीकर्ताहरूले सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालय, मेरो शेयर वेभसाइट र मेरो शेयरको मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीले निष्काशन गरेको आइपिओले केयर रेटिङ्ग नेपालले  वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउने सङ्केत केयर एनपी डी रेटिङ्ग प्राप्त गरेको छ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा सनराईज क्यापिटल रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आइपिओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL