Logo

८ अंकले बढ्यो नेप्से, २९ करोडको कारोवार

८ अंकले बढ्यो नेप्से, २९ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ८ दशमलव ०१ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार १ सय १८ दशमलव ६९ अंमा पुगेर बन्द भएको छ ।

आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बैंक समुहको परिसुचक १२ दशमलव ५४ अंक्ले बढेको छ । जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४२ दशमलव ९८ अंकले उकालो लागेको छ ।

त्यस्तै विकास बैंकको सुचक १० दशमलव २२ अंकले बढेको छ । यता बीमा, होटल, अन्य तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ३८ दशमलव २२, ७ दशमलव ४७, ३ दशमलव ५२ र १ अंकले ओरालो लागेको छ ।

आइतवार कारोबारमा आएक १ सय २३ कम्पनीको ४ लाख ३३ हजार कित्ता सेयरबाट २९ करोड ८६ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्