Logo

सानिमा लाईफ इन्स्योरेन्सको आइपिओ साउन २० गतेदेखि खुल्ने, अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने

सानिमा लाईफ इन्स्योरेन्सको आइपिओ साउन २० गतेदेखि खुल्ने, अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले बिक्री प्रर्वद्धक प्रभु क्यापिटल लिमिटेडमार्फत यही साउन २० गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

न्युनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको खरिद सीमा तोकिएको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुने छ । अधिकृत पुंजी तीन अर्ब तथा जारी पुंजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी दुई अर्ब रुपैयाँ पुग्ने छ । बिक्री गरिने कुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन लाख कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन लाख कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL