Logo

साढे ५ अंकले घट्यो नेप्से, ४२ करोडको कारोवार

साढे ५ अंकले घट्यो नेप्से, ४२ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ५ दशमलव ५१ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार १ सय १० दशमलव ६८ अंकमा झरेर बन्द भएको छ ।

बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा ओरालो लागेको छ ।

आज बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय १० दशमलव ४८ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत समुहको १२ दशमलव २९, फाइनान्स ५ दशमलव २८ र बैंक समुहको परिसुचक ४ दशमलव ९८ अंकले घटेको छ ।

यता होटल तथा विकास बैंक समुहको परिसुचक क्रमशः ६७ दशमलव ७९ र ७ अंकले उकालो लागेको छ । बिहीवार कारोवारमा आएका १ सय २३ कम्पनीको ५ लाख १७ हजार कित्ता सेयरबाट ४२ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL