Logo

आजबाट खुल्यो युनियन लाइफको ६४ लाख ५० हजार कित्ता आईपीओ, यसरी गर्नुस आवेदन

आजबाट खुल्यो युनियन लाइफको ६४ लाख ५० हजार कित्ता आईपीओ, यसरी गर्नुस आवेदन



काठमाडों ।  युनियन लाइफ इन्स्योरेन्सले आजबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदकालागि आवेदनदिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथ वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL