Logo

साढे १५ अंकले बढ्यो नेप्से, ४२ करोडको कारोवार

साढे १५ अंकले बढ्यो नेप्से, ४२ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक १५ दशमलव ५६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय २२ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन कारोवारमा आएका सवै समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ४७ दशमलव ७९ अंकले उकालो लागेको छ ।

त्यस्तै जलविद्युत ३१ दशमलव ९३ र विकास बैंकको परिसुचक २९ दशमलव ७ र होटल समुहको परिसुचक १३ दशमलव ७५ अंकले बढेको छ ।

सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १२ दशमलव ३६ अंकले उकालो लागेको छ । सो दिन फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः ११ दशलव ०३ र ११ दशमलव ४७ अंकले उकालो लागेको हो ।

बुधवार १  सय २६ कमपनी कारोवारमा आएक थिए । ति कम्पनीको  ८ लाख १ हजार कित्ता सेयरबाट ४२ करोड १९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्