Logo

५ अंकले बढ्यो नेप्से, ३८ करोडको कारोवार

५ अंकले बढ्यो नेप्से, ३८ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको दोश्रो दिन नेप्से परिसुचक ५ दशमलव ० अंकले उकालो लागेको छ । सो दिन १ हजार १ सय ७ दशमलव ९४ अंकमा पुगेर बजार बन्द भएको छ ।

सोमवार कारोवारमा आएका अधिकांश सुमहको परिसुचक उकालो लागेकोले सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ३० दशमलव ४५ अंकले उकालो लागेको छ ।

त्यस्तै विकास बैंक ७ दशमलव ६२ र बैंक समुहको परिसुचक ५ अंकले बढेको छ । त्यसैगरी फाइनान्स समुहको ४ दशमलव ४ र जलविद्युत समुहको परिसुचक ३ दशमलव ९४ अंकले बढेको छ । यता अन्य र होटल समुहको सूचक भने क्रमशः २ दशमलव ३४ र ६ दशमलव २८ अंकले ओरालो लागेको छ ।

सोमवार १ सय २१ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ५ लाख ७५ हजार कित्ता सेयरबाट ३८ करोड ८७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्