Logo

सिईडिबि हाइड्रोको आइपिओमा ११ गुणा बढी आवेदन, आवेदकमध्ये १५ लाखको हात खाली हुने

सिईडिबि हाइड्रोको आइपिओमा ११ गुणा बढी आवेदन, आवेदकमध्ये १५ लाखको हात खाली हुने



काठमाडौँ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर आईपीओमा ११ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार मंगलबार साँझ सम्ममा १७ लाख ३६ हजार ७ सय आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो । सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन मध्ये ९४.३१ प्रतिशत अनलाईनमार्फत  छ । कम्पनीको आईपीओ परेको कुल आवेदन मध्ये १६ लाख ३७ हजार ९१२ वटा आवेदन अनलाईन मार्फत परेका छन्  । बाँकी ५.६९ प्रतिशतले मात्रै भौतिक रुपमा बैंक तथा वित्तीय संस्थामा गएर शेयर भरेका छन् ।

कम्पनीले बैशाख १७ गते देखि सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

त्यस मध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारण वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकले शेयर नपाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL