Logo

सिइडिबि हाइड्रोको आइपीओ बैशाख १७ गतेदेखि खुल्ने, सर्वसाधारणलाई २३ लाख ४१ हजार कित्ता

सिइडिबि हाइड्रोको आइपीओ बैशाख १७ गतेदेखि खुल्ने, सर्वसाधारणलाई २३ लाख ४१ हजार कित्ता



काठमाडौँ । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL