Logo

मध्यभोटेकोशी जलविद्युतलाइ आईपीओ निष्कासन अनुमति, १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्ने

मध्यभोटेकोशी जलविद्युतलाइ आईपीओ निष्कासन अनुमति, १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्ने



काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागी अनुमती पाएको छ । चिलिमेको सहायक कम्पनी मध्यभोटेकोशीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृती पाएको हो ।

धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ५ गते १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति दिएको हो ।

नियामकको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्