Logo

टाटा मोटर्सको भ्यालेन्टाइन डे स्पेशल ‘ड्राईभ सेफ्टी इन स्टाइल’ कार्यक्रम, टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर

टाटा मोटर्सको भ्यालेन्टाइन डे स्पेशल ‘ड्राईभ सेफ्टी इन स्टाइल’ कार्यक्रम, टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले भ्यालेन्टाइन डे स्पेशल ‘ड्राइभ सेफ्टी इन स्टाइल’ कार्यक्रमको आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम यहि माघ ३० देखि फाल्गुन २ गतेसम्म ९१२ फेब्रुअरी देखि १४ फेब्रुअरी २०२१० सम्म थापाथली स्थित टाटा मोटर्सको शोरूममा आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको शोरूममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्