Logo

अर्थमन्त्री पौडेल र नाडाबीच छलफल, सवारी साधन आयातको सन्दर्भमा देखिएका समस्या समाधान गर्न माग

अर्थमन्त्री पौडेल र नाडाबीच छलफल, सवारी साधन आयातको सन्दर्भमा देखिएका समस्या समाधान गर्न माग



काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नाडा प्रतिनिधि मण्डलबिच छलफल भएकाे छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्री पौडेलसँग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे हाे ।

उक्त छलफलको क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अब अटोमोवाइल व्यवसायीहरुले नेपालमै विद्युतिय सवारी साधनहरुको उत्पादन थाल्नुपर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफुले गरि दिने बताएका थिए ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको स्पष्ट पार्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका थिए ।

उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक बर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाबारे ध्यानाकर्षण गराए । नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्धारा नियुक्त जुन सुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको उनले बताए ।

सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL