Logo

सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याकसर्भमा स्तरोन्नती, उच्चस्तरीय सर्भिसिङ सेवा उपलब्ध हुने

सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याकसर्भमा स्तरोन्नती, उच्चस्तरीय सर्भिसिङ सेवा उपलब्ध हुने



काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्गको संयुक्त परियोजनामा नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याकसर्भमा स्तरोन्नती गरिएको छ ।

म्याक सर्भको उद्घाटन कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन ल्यूब्सका कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यूब्सका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएशन पोखराका अध्यक्ष लक्ष्मण के.सी.को उपस्थिती थियो ।

म्याकसर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टसको प्रयोग गरि मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिने बताइएको छ ।

उक्त वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन् । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको वर्कशपले जनाएको छ ।

म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बरसम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टसहरुमा १० प्रतिशतसम्मको छुटको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL