Logo

दीगो ब्राण्डका विद्युतिय सवारीमा ‘दीगो स्वर्ण उत्सव’, हरेक खरिदमा चार तोलासम्म सुन र थप उपहार

दीगो ब्राण्डका विद्युतिय सवारीमा ‘दीगो स्वर्ण उत्सव’, हरेक खरिदमा चार तोलासम्म सुन र थप उपहार



काठमाडौं । दीगोले दीगो ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैँ अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् ।

यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ पनि लिन पाउने कम्पनीले जनाएको छ । दीगोेले नेपाली बजारमा दीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुनेछ ।

दीगोे इ८ ह्याचब्याक कार हो । यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँतोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ ।

डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाटआवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ ।

त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । ९० लाख रुपैयाँ मूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ ।

त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६ लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकताअनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ ।

चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दीगो कम्पनीका सिइओ हेमन्त पुरानिकले भने, ‘यो बजारमा उपलब्धमध्येको उत्कृष्ट अफर हो । ग्राहकले एकातिर सवारी साधनमा धेरै आकर्षक अफर पाइरहनुभएको छ भने त्यही समयमा उहाँहरुले विद्युतीयबाहनको जबरदस्त, लाभ पाउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL