Logo

आइसरको दशैँ तिहार उपहार योजना‚ ग्राहकलाई हात खाली नजाने उपहार

आइसरको दशैँ तिहार उपहार योजना‚ ग्राहकलाई हात खाली नजाने उपहार



काठमाडौं । दशैँ तिहारलाई लक्षित गरी आइसर गाडीको आधिकारिक बिक्रेता इष्टर्न एजेन्सी प्रालिले विशेष अफर सार्वजनिक गरेको छ।

आइसरका एचडी‚ एलएमडी र बस सेगमेन्टमा हात खाली नजाने ‘स्योर सट फुल च्वाइस अफर’ लागू गरिएको कम्पनीका सिनियर म्यानेजर रघुनाथ पौडेलले जानकारी दिए। आइसरका गाडीको खरिदमा नगद छुटदेखि विभिन्न आकर्षक उपहारको घोषणा गरिएको हो।

ग्राहकले नगद छुटसँगै स्मार्ट टिभी‚ मोबाइल‚ ल्यापटप‚ स्कुटर‚ मोटरसाइकल लगायतका उपहार रोज्न पाउने गरी अफर ल्याइएको पौडेलले बताए। कम्पनीका डिजिटर मार्केटिङ हेड नवीन खतिवडाले ग्राहकले आफै छान्न पाउने गरी उपहार योजना ल्याइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
MBL