Logo

विद्युतीय सवारीमा लगाइएको अन्तःशुल्क घटाउने सरकारको निर्णय, क्षमताअनुसार छुटका फरक-फरक दर कायम

विद्युतीय सवारीमा लगाइएको अन्तःशुल्क घटाउने सरकारको निर्णय, क्षमताअनुसार छुटका फरक-फरक दर कायम



काठमाडौं । सरकारले विद्युतीय सवारीमा लगाएको अन्तःशुल्क घटाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको आर्थिक ऐनबाट विद्युतीय कारमा लगाइएको अन्तःशुल्क घटाउने निर्णय गरेको हो ।

व्यवसायीहरूले विद्युतीय गाडीमा लगाएको अन्तः शुल्क हटाउन दबाब दिँदै आएका थिए । नेपाल अटोमोबाइल डिर्लस एसोसियसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतीय गाडीको अन्तःशुल्क दर घटाउने निर्णयको नाडाले खुला ह्रृदयले स्वागत गरेको बताएका छन् ।

चालु वर्षको आर्थिक ऐनबाट विद्युतीय गाडीमा ४० प्रतिशत भन्सार र क्षमताअनुसार अन्तःशुल्क ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाइएको थियो ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३० प्रतिशत अन्तःशुल्क लाग्ने गाडीमा ८० प्रतिशत छुट दिइएको छ। यसैगरी विद्युतीय कारको क्षमताअनुसार छुटका फरकफरक दर कायम गरिएको छ।

अब भने ५० किलोवाटसम्म क्षमता भएका विद्युतीय कारमा ६ प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने भएको छ। ५० किलोवाटसम्मकोलाई ८० प्रतिशत छुट दिइएको जनाइएको छ।

त्यसैगरी ५१ देखि १०० किलोवाटसम्मका गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत छुट दिएको छ। १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत र त्योभन्दा माथिका गाडीमा २५ प्रतिशत अन्तःशुल्क छुट दिने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL