Logo

लोकप्रिय राइड सेयरिङ सेवा टुटल र पठाओ संचालन शुरु, सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सेवा दिने

लोकप्रिय राइड सेयरिङ सेवा टुटल र पठाओ संचालन शुरु, सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सेवा दिने



काठमाडौं । काठमाडौंमा सर्वसधारणमाझ लोकप्रिय रहेका राइड सेयरिङ सेवा टुटल र पठाओ आजदेखि संचालनमा आएका छन् । काठमाडौं उपत्यकामा तीन हप्तादेखि लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै टुटल र पठाओले पनि आफ्नो सेवा शुरु गरेका हुन् ।

स्थानीय प्रशासनले आर्थिक गतिविधिलाई चलायमान राख्नका लागी भन्दै व्यापार व्यवसाय सञ्चालन गर्न पाउनेदेखि निजी सवारी साधनलाई जोरबिजोरका आधारमा चलाउन दिइएसँगै जोर बिजोर नम्बरका सवारीबाट सेवा दिने गरि टुटल र पठाओले सेवा सञ्चालन गरेका हुन् ।

पठाओले मोटरसाइकल र ट्याक्सी दुवैले बिजोर नम्बर प्लेटका आधारमा सेवा सुचारु गरिएको बताएको छ । कम्पनीका अनुसार सरकारको स्वास्थ्य मापदण्ड अनुसार राइडरहरुलाई प्रोटेक्टिभ सुट, स्यानिटाइजर, मास्क र ग्लोब्स अनिवार्य गरिएको छ ।

यात्रु चढाएपछि सिटलाई स्यानिटाइज गर्ने र ट्याक्सीमा राइडरलाई सिल गरिएको तथा मास्क प्रयोग नगरेका यात्रु चढ्न नपाउने पठाओले उल्लेख गरेको छ । यस्तै, टुटलले पनि सबै स्वास्थय सुरक्षा मापदण्ड पूरा गरेर सेवा सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL