Logo

नेपालमा ‘डिएफएसके’को नयाँ ग्लोरी ५६० एसयूभीको बिक्री सुरु, यस्ता छन् सुविधा

नेपालमा ‘डिएफएसके’को नयाँ ग्लोरी ५६० एसयूभीको बिक्री सुरु, यस्ता छन् सुविधा



काठमाडौं । कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पुरा भएको छ ।

कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो ।

कुजु नेपालका संचालक उमिद श्रेष्ठले भने, विगत एक वर्षमा हामीलाई ग्राहकले दिनु भएको मायाबाट हामी लोभिएका छौं । यसले अझै नयाँ नयाँ मोडलका एसयूभी नेपाल ल्याउन हामीलाई प्रेरित गरेको छ । भोलिका दिनमा अझै उत्कृष्ट एसयूभी ल्याएर ग्राहकको मन जित्न हामी लालयित छौं ।’

कोभिड १९ को कारण केही ढिला बिक्री सुरु हुन लागेको ग्लोरी ५६० नयाँ वर्षको अवशरमा बिक्री सुरु गर्ने लक्ष्य लिएको थियो । नेपाल आएको पहिलो वर्ष नै डिएफएसकेको मूल्य, मूल्य अनुसारको फिचर र एसयूभी प्रेमी ग्राहकको मन जित्न सफल भएको कम्पनीले जनाएको छ । नेपाली अटोमोवाइल बजार निकै सानो छ ।

यद्यपी पछिल्ला दिनमा सरकारको नीति, असहज बैंकिङ्ग जस्ता अवस्थामा पनि पहिलो वर्ष सफल रुपमा पार गरेको कुजुले बताएको छ । नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुद पनि डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सकेको श्रेष्ठले बताए ।

ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ ।

गाडीको कुल तौल भने २००५ केजी रहेको छ । ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ ।

यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

१७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।

ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्टरस्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।

कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्ने छ । यसलाई प्रतिस्पर्धी मूल्य बनाउने कम्पनीको योजना अनुसार हामीले ५७ लाख ५० हजार रुपैयाँ तोकेर यसको बिक्री वितरण सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL