काठमाडौं(जस)–महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ ।
महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो ।
अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान ३क्बाभचऋबचकँयचक्ष्लमष्ब अन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरूमध्ये सवारी साधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ हो । ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पर्धा सुरु गरेको थियो ।