Logo

रेनोले ल्यायो ‘रेनो रेनोत्सव’ अफर, ५ लाख सम्म छुट पाउने

रेनोले ल्यायो ‘रेनो रेनोत्सव’ अफर, ५ लाख सम्म छुट पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्सले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामा रेनोको कार खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको हो । रेनोले ल्याएको अफरमा लोड्जी मोडलमा ५ लाख सम्मको छुट पाउने छ । साथै, डस्टरको खरिदमा ३ लाख १० हजार र क्विडको खरिदमा १ लाख ८० हजार सम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले योजना संगै ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा ३ बर्षको निःशुल्क सवारी साधन कर फाईनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने जारी बिज्ञप्तीमा उल्लेख छ ।

नयाँ बर्षलाई मध्येनजर राखेर सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL