Logo

‘यामाहा ब्लु फेस्ट’ आजदेखि सुरु, यस्ता छन् अफरहरु

‘यामाहा ब्लु फेस्ट’ आजदेखि सुरु, यस्ता छन् अफरहरु



काठमाडौं। नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव यामाहा ब्लु फेस्ट सुरु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे ।

कार्यक्रममा यामाहा अधिकारीहरु, सञ्चारकर्मीहरू र उत्साहित ग्राहकहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो ।चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ ।

यामाहा ब्लु फेस्टले एक्सचेन्ज अफर मात्र नभई सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको छ । आफ्नो सवारी अपग्रेड गर्न चाहनेले यो हप्ता भृकुटीमण्डपको उक्त मेला उपयुक्त गन्तव्य रहेको अयोजकले जनाएको छ ।

प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid (ARAI प्रमाणित ७१.३३ किमि/लिटर) प्रमुख आकर्षण हो। त्यससँगै R15 V4, MT-15 V2, Aerox 155, FZ V3 Series, र WR155R जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन् जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्छन्

एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो । जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ । यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ ।

अविश्वसनीय एक्सचेन्ज अफरहरु
कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटफेर गर्नुहोस,

  • कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. १०,००० को मिनिमम भ्यालुएसन,
  • अन्य कुनै पनि ब्रान्डमा रु. २५,००० न्यूनतम मूल्याड्कन (ट्याक्स क्लियरेन्स अनिवार्य). एक्सन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस,
    कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग,
  • यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट > ग्रिल अफ थी विज्ञापन सेयर गरी रु. १,००० जित्नुहोस,

विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्नुहोस्,
– यामाहा खरिद गर्नुहोस् गरी रु. १,००,००० सम्म नगद छुट जित्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्