काठमाडौं । विश्वभर बिक्री भएका केही कारका मोडेलहरू लगभग ८० र ६० वर्ष पुराना छन् । निरन्तर आधुनिकीकरणका कारण, यी कार आजपनि शीर्ष १० बिक्री हुने कारहरूमा पर्छन । यी हुन् २०२४ मा सबैभन्दा धेरै बिक्री हुने कारहरू
१०. फक्सवागन टिगुआन – यो शीर्ष १० सूचीमा रहेको एक मात्र जर्मन कम्पनी हो, जसले २०२४ मा आफ्नो कम्प्याक्ट एसयूभी, टिगुआन ५.४० लाख वटा बेचेको थियो । कम्पनीको लोकप्रिय मोडेलहरू जस्तै गल्फ अब यो सूचीमा पर्न असफल भएका छन् ।
०९. बिवाइडी सङ– यो पहिलो पटक हो कि कुनै चिनियाँ कार कम्पनीले विश्वभर यति ठूलो मात्रामा कारहरू बेचेको छ । आफ्ना किफायती विद्युतीय सवारी साधनहरूले बजारमा धुम मच्चाइरहेको बिवाइडीले सन २०२४ मा ५.७० लाख वटा सङ मोडेलका कारहरू बेचेको छ ।
०८. टोयोटा क्याम्री–पहिलो पटक १९८२ मा लन्च गरिएको, टोयोटा क्याम्री समयसँगै अझ आधुनिक हुँदै गइरहेको छ । यही कारणले गर्दा जापानी कम्पनी टोयोटाको यो सेडान अहिले पनि उत्तिकै लोप्रिय छ । सन २०२४ मा ५.८० लाख यो मोडेलको बिक्री भयो ।
०७. हुन्डाई टक्सन– सन२००५ देखि बिक्रीमा रहेको हुन्डाई टक्सन अब धेरै हाइब्रिड मोडेलमा बजारमा उपलब्ध छ । दक्षिण कोरियाली कम्पनीले गत वर्ष यो कार ६.१० लाख वटा बेचेको थियो । कम्पनीले एसियाली, युरोपेली र अमेरिकी बजारहरूमा राम्रो प्रदर्शन गरिरहेको छ ।
०६. शेभ्रोलेट सिल्भेराडो–छ जना अट्ने सिट र पछाडि लोड गर्ने पर्याप्त ठाउँ, अमेरिकी कम्पनी शेभ्रोलेटको यो पिकअप ट्रक ४ह४ ह्वील ड्राइभको साथ आउँछ । गत वर्ष कम्पनीको ६,४०,००० वटा यो मोडेलका गाडीहरू बिक्री भएका थिए ।
०५. होन्डा सीआर–भी – जापानी कार कम्पनी होन्डाको यो कम्प्याक्ट एसयूभी क्रसओभर कार छ फरक भेरियन्टमा आउँछ । गत वर्ष, होन्डाले ७.४० लाख सिभिआर बेचेको थियो ।
०४. फोर्ड एफ–सिरिज – सन १९४८ मा, अमेरिकी कम्पनी फोर्डले एफ सिरिज मोडेलको पहिलो पिकअप ट्रक लन्च गर्यो । त्यसबेलादेखि, यसको नयाँ संस्करणहरू लगातार सबैभन्दा धेरै बिक्री हुने कारहरू मध्ये एक रहेको छ । २०२४ मा नौ लाख एफ–सिरिज मोडेलहरू बिक्री भएका थिए ।
०३. टोयोटा र्याभफोर – टोयोटा र्याभफोर पहिलो पटक १९९४ मा जापान र युरोपमा लन्च गरिएको थियो । यसलाई प्रारम्भिक क्रसओभर कारहरू मध्ये एक मानिन्छ । धेरै देशहरूमा अहिले हाइब्रिड बनेको र्याभफोर को बिक्री सन २०२४ मा १०.०२ लाख रहेको थियो ।
०२. टोयोटा कोरोला- इतिहासमा सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल टोयोटा कोरोला गत वर्ष पनि दोस्रो नम्बरमा रह्यो । १९६६ देखि बजारमा रहेको कोरोलाले गत वर्ष पनि १०.०८ लाख अर्डर पूरा गरेको थियो ।
०१. टेस्ला मोडेल वाई – एलोन मस्कको कम्पनी टेस्लाको कार मोडेल वाई निश्चित रूपमा पहिलो नम्बरमा रह्यो । सन २०२४ मा यो मोडल १०.०९ को संख्यासहित सबैभन्दा बढी विक्री हुने कार बन्यो । तर, २०२५ को पहिलो तीन महिनामा टेस्लाको बिक्रीमा भारी गिरावट आएको छ ।