Logo

हुन्डाईको ‘यो नयाँ वर्ष,चुज योर फ्यूचर हुन्डाईसँग’ योजना, ६ लाखसम्म नगद छुट

हुन्डाईको ‘यो नयाँ वर्ष,चुज योर फ्यूचर हुन्डाईसँग’ योजना, ६ लाखसम्म नगद छुट



काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्यूचर हुन्डाई सँग’ योजना ग्राहकहरु माझ ल्याएको छ ।

यो ग्राहकमुखी योजना यही चैत्र २१ देखि नेपाल भरि सुरु भएको छ । आफ्नो ग्राहकहरुको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ ।

‘यो योजनाअन्तर्गत ग्राहकहरुले हुन्डाई गाडीको खरीदमा आकर्षक ६ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । हालै सार्वजनिक गरिएको चुज योर फ्यूचरको थिमसहित, क्रेटा ईभी र क्रेटा आईस (मेड इन नेपाल) लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको विश्वास छ ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । आफ्ना ग्राहकहरुका सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको उल्लेख गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । सबै आइस हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको हाई भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडी को अरु कम्पोनेन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् ।

यस स्किमबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कमप्याट एसयूभी, एसयूभी तथा इभी गाडी खरिद गरि फाईदा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्