काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता भि.जि. अटोमोबाइल्स प्रा.लि. ले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। “नयाँ वर्ष २०८२, जितौं टन्न धनराशी” योजनाअन्तर्गत सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकहरूले रु ८,००० देखि १ लाखसम्म तुरुन्तै क्यासब्याक जित्ने अवसर पाउनेछन्।
कम्पनीले नयाँ वर्षमा आफ्ना ग्राहकहरूलाई थप सुविधा दिन एक्सचेन्ज र फाइनान्सको पनि व्यवस्था गरेको छ। साथै, ५ वर्षको वारेन्टी र ५ वर्षसम्म निःशुल्क सर्भिस उपलब्ध गराउँदै, ग्राहकहरूको भरपर्दो सवारी अनुभव सुनिश्चित गर्ने जनाएको छ।
सुजुकीले आफ्नो “नयाँ वर्ष मनाऔं, क्यास जितौं!” अफरमार्फत ग्राहकहरूलाई नयाँ वर्षलाई अझ उल्लासमय बनाउन प्रेरित गर्ने बताएको छ। ग्राहकहरूको आवश्यकतामा केन्द्रित रहेर ल्याइएको यो योजना बजारमा अत्यधिक लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ।