Logo

अथर ४५०एक्स र ४५०एस नेपाली बजारमा : मल्टी मोड ट्रयाक्सन कन्ट्रोलको सुविधा, यस्ता छन् विशेषता

अथर ४५०एक्स र ४५०एस नेपाली बजारमा : मल्टी मोड ट्रयाक्सन कन्ट्रोलको सुविधा, यस्ता छन् विशेषता



काठमाडौं । वैद्य इनर्जी प्रालि.ले नेपालमा २०२५ अथर ४५०एक्स र २०२५ अथर ४५०एस घोषणा गरेको छ। “Bike of Scooters” उपनाम दिइएको Ather 450X अब बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउँछ।

बहु-मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चर्प्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल लमलाउन मद्दत गर्दछ जसले स्कुटरलाई थप स्थिरता र नियन्त्रण गर्दछ । यस सुववधाले शहरको राफिकिेखि अि-रोड यारासम्म आत्मविश्वासका साथ सवारी
गर्न सहयोग गर्दछ।

ट्र्याक्सन कन्ट्रोलका तीन मोडहरू:

  • रेन मोड: भिजेको वा चप्लो सडकमा थप ग्रिप प्रदान गरी सुरक्षा प्राथमिकता दिन्छ
  • रोड मोड: दैनिक सवारी का लागि सुरक्षित र प्रभावी समतुलन कायम गर्ने छ।
  • ग्राभेल मोड: अफ-रोड यात्रा प्रेमीहरूका लागि विशेष रूपले डिजाइन गरिएको, जसले परिस्थित टेरेन मार्गिनमा सम्पूर्ण कन्ट्रोल गर्नेछ ।

वैद्य इनर्जी प्रालिका सीईओ सुयांश वैद्यले भने,”नेपालमा Ather स्कुटरहरू पछिल्ला डेढ वर्षदेखि ग्राहकहरूले अत्यधिक रुचाएका छन्। अब, हामी २०२५ Ather 450 लाई बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित प्रस्तुत गर्दैछौं, जसले सुरक्षा र प्रदर्शन दुवैलाई अझ बढाउनेछ। प्रिमियम मोटरसाइकलहरूमा मात्र पाइने यस्ता विशेषताहरू अब हाम्रो स्मार्ट स्कुटरमा उपलब्ध छन्।”

Ather ले MRF सँग सहकार्य गरी नयाँ मल्टिकम्पाउन्ड टायरहरू विकास गरेको छ, जसले ब्रेक लगाउँदा ऊर्जाको क्षति कम गर्छ र ऊर्जाको उपयोगलाई अनुकूल बनाउँछ। •Ather 450X (3.7 kWh) को वास्तविक दायरा (True Range) १३० किमी (IDC: १६१ किमी) र Ather 450X (2.9 kWh) र 450S को वास्तविक दायरा १०५ किमी (IDC: १२६ किमी / १२२ किमी) छ।

Ather Stack 6 – परिष्कृत सफ्टवेयर इञ्जिन
नयाँ Ather Stack 6 सफ्टवेयरले निम्न सुविधाहरू ल्याउँछ:

  • Google Maps एकीकरण: सहज नेभिगेसन अनुभव।
  • Alexa भ्वाइस असिस्टेन्ट समर्थन: हात प्रयोग नगरी कमाण्ड दिन सकिने।
  • WhatsApp सूचना ड्यासबोर्डमा: मोबाइल नहेरी आवश्यक जानकारी प्राप्त गर्न सकिने।
  • “Ping My Scooter” सुविधा: पार्किङमा सजिलै स्कुटर पत्ता लगाउन।
  • Live Location Sharing: यात्रा गर्दा आफ्नो वास्तविक लोकेसन साझा गर्न सकिने।

प्रतिक्रिया दिनुहोस्