काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले ‘CHOOSE YOUR FUTURE’ अभियानअन्तर्गत क्रेटा EV र नेपालमै उत्पादन गरिएको क्रेटा ICE सार्वजनिक गरेको छ। यो विशेष कार्यक्रम २०२५ मार्च २४ मा काठमाडौंको सोल्टी होटेलमा सम्पन्न भएको हो ।
हुन्डाई नेपालले ग्राहकहरूको आवश्यकताअनुसार विद्युतीय र आन्तरिक दहन इन्जिन (ICE) दुवै मोडेल नेपाली बजारमा उपलब्ध गराएको छ। क्रेटा EV को प्रारम्भिक मूल्य रु. ५१,९६,००० र नेपालमै निर्माण गरिएको क्रेटा ICE को प्रारम्भिक मूल्य रु. ५३,९६,००० तोकिएको छ। २०२५ मा आयात गरिने ICE मोडेलहरूको तुलनामा मेड इन नेपाल क्रेटा ICE करिब ९ लाखसम्म सस्तो पर्नेछ। कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पाक ते यङको विशेष उपस्थिति रहेको थियो।

हुन्डाईले नेपालमा २०१५ बाट क्रेटा बिक्री सुरु गरेको थियो। आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, उबड–खाबड बाटोमा सहज रूपमा गुड्न सक्ने क्षमता र सबै उमेरका ग्राहकलाई उपयुक्त हुने विशेषताले गर्दा १०,००० भन्दा बढी ग्राहकहरूको पहिलो रोजाइ बन्दै आएको छ। यसले मिड-साइज एसयूभी सेग्मेन्टमा आफूलाई मजबुत रूपमा स्थापित गर्न सफल भएको छ।
हुन्डाई नेपालले ईभी इकोसिस्टम विकास गर्न ‘Re-Lax’ चार्जिङ नेटवर्क स्थापना गर्दैछ, जसमा डिसी चार्जिङ स्टेसनसहित मर्मत केन्द्रहरू पनि रहनेछन्। यसले चार्जिङलाई अझ सहज र प्रभावकारी बनाउनेछ। साथै, ब्याट्री रिसाइक्लिङ र पुनः प्रयोग व्यवस्थापनका लागि हुन्डाईले Attero India सँग सहकार्य गरिरहेको छ, जसले नेपाली ग्राहकहरूलाई थप लाभान्वित गर्नेछ।

क्रेटा EV मा २००mm ग्राउन्ड क्लियरेन्स र १७ डिग्रीभन्दा बढी ब्रेकओभर एंगल रहेको छ, जसले हल्का अफरोडमा पनि सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। यसमा ११kW AC चार्जिङ सुविधा रहेको छ, जसले घरायसी वाल-माउन्टेड चार्जरबाट ४ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ। स्पेयर टायरसमेत उपलब्ध गराइएको छ, जब कि अन्य प्रतिस्पर्धी ब्रान्डहरूले मात्र रिपेयर किट प्रदान गर्छन्। सुरक्षा प्रविधिमा पनि क्रेटा EV अगाडि छ, जसमा ADAS, ६ एअरब्याग, र ३६०-डिग्री क्यामेराजस्ता विशेषताहरू समावेश छन्।
हुन्डाई नेपालले क्रेटा EV को लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा ICE का लागि ३ वर्षको वाहन वारेन्टी प्रदान गर्दै दीर्घकालीन भरपर्दो सेवा सुनिश्चित गरेको छ। बढ्दो लोकप्रियताका साथै, हुन्डाई नेपालले उत्कृष्ट बिक्री पछिको सेवा, उच्च पुनर्विक्रय मूल्य, गुणस्तरीय गाडी तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ। यसै कारण, हुन्डाई नेपाली उपभोक्ताको विश्वास जित्दै नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी ब्रान्ड बन्न सफल भएको छ।
