Logo

पञ्चकन्या ग्रुपले गर्‍यो नेपाली बजारमा भोल्भो इसी २२० लन्च : आधुनिक प्रविधि र उच्च उत्पादकत्वको संयोजन

पञ्चकन्या ग्रुपले गर्‍यो नेपाली बजारमा भोल्भो इसी २२० लन्च : आधुनिक प्रविधि र उच्च उत्पादकत्वको संयोजन



काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पञ्चकन्या ग्रुप विश्वासिलो र भरपर्दो व्यावसायिक समूहको रूपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो ।

यस कम्पनीले आफूले वितरण गरिने सेवा तथा वस्तुहरूमा नवीनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरूलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफ्नो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्ली को परिसरमा आयोजित एक कार्यक्रमबीच यस ग्रुप कै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लिले विभिन्न मेसिनहरू बजारमा विगत लामो समयदेखि बिक्री वितरण गदै आइरहेकोमा हालसालै VOLVO Construction Equipment अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहित आफ्नो प्रख्यात VOLVO EC220 एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ । आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ ।

यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रा.लि अन्तर्गत बिक्री वितरण हुने VOLVO EC220 मेसिन शक्तिशाली इन्जिन क्षमताको हूने हुँदा जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध गराइएको यस इन्जिनले इन्धनको बचत गर्दै वातावरण मैत्री साधनको रूपमा उच्च प्रदर्शन दिने गरी VOLVO EC220 मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाइने अन्य सोही प्रकृतिको मेसिनहरू भन्दा १०% बढी उत्खनन क्षमता सहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो । यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरूमा सञ्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा ग्राहकहरूको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।

नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधि तथा क्रियाकलापहरू निरन्तर वृद्धि भइरहेको सन्दर्भमा VOLVO EC220 एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ ।साथै नेपाल भौगोलिक बनावटले गर्दा उच्च उचाइमा हुने विकटता कठिनाइका कारणले निर्माण कार्य बढी कष्टकर भइरहेकोमा यस मेसिनको प्रयोगले प्रभावकारिता वृद्धि गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाइएको छ ।

यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ति जडित क्षमताको इन्जिन र अन्य विशेषताहरूले नेपाली ग्राहकलाई उच्च उत्पादकत्व सहित न्यून सञ्चालन खर्च कम गराउने हुनाले यसको बिक्री वितरणले सरोकार कर्ताहरूलाई फाइदा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ । VOLVO CE का अधिकृत वितरक तथा बिक्रेता मार्फत EC220 मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This