काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औं संस्करणको रुपमा नाडा अटो शो हुने जनाइएको छ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाबाट नै स्टल उपलब्ध गराइने जनाइएको छ ।
प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीबाट समेत जानकारी माग भइरहेकोले गत वर्षको तुलनामा यस वर्ष केही छिटो रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।
नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सृजनाका लागि विशेष योगदान पु¥याउदै आइरहेको बताए । सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्तालाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे उनले बताएका छन् ।