Logo

२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शोमा नेटा सहभागी, इभेन्टमा ३२८ युनिट बुकिङ

२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शोमा नेटा सहभागी, इभेन्टमा ३२८ युनिट बुकिङ



काठमाडौं । इन्डोनेशियाली बजारमा चिनियाँ अटो कम्पनी ‘नेटा’ प्रवेश गरेको छ । इन्डोनेशियामा आयोजित ‘२०२५ इन्डोनेशिया इन्टरनेशल मोटर शो (आईआईएमएस)’मा पीटी नेटा अटो इन्डोनेशियाले सफलतापूवर्क डेब्यू गरेको हो ।

इन्डोनेशियाको राजधानी जर्कातामा आयोजित उक्त मोटर शो मा ‘नेटा भी’ र ‘नेटा एक्स’का ३२८ युनिट बुकिङ भएका छन् । उक्त अवसरमा पीटी नेटा अटो इन्डोनेशियाका म्यानेजिङ डाइरेक्टर क्रिस ल्यानले भने, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको विश्वास दर्शाउँछ र उच्चगुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।’

उक्त इभेन्टका अवसरमा नेटाले ‘नेटा भी–आईआई उर्बान स्पोस्ट्स कन्सेप्ट’ लञ्च गर्दै निःशुल्क वाल चार्जर, विशेष बीमा र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू ल्याएको छ । लान ले थपे, ‘इन्नेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना रहेको छ। नेटा ले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’

यसैबीच, नेपालमा नेटाको आधिकारिक वितरक सिजी मोटरले १ हजार भन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको छ । जसलाई २२ बिक्री तथा सेवाकेन्द्रहरू र २५०ं चार्जिङ स्टेशनहरूको नेपालकै सबैभन्दा ठूलो ईभी नेटवर्कको साथ समर्थन गरिएको छ। सिजी मोटर र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपाली ईभी बजारमा कम्पनीले नयाँ उपलब्धि हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This