काठमाडौं । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लुआर १५५आर आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एडभेन्चर उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको थियो । कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एकमुष्ट साँचो हस्तान्तरण समारोहमा डब्लुआर १५५आरका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरे ।
राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफ-रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान ग¥यो। तालिमपछि सवारहरूले ओपन डर्ट ट्रयाकमा डब्लुआर १५५आरको क्षमताहरूको पूर्ण अनुभव लिँदै रियल वल्र्ड कण्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसर समेत पाएका थिए ।
यामाहा डब्लुआर १५५आरः बियोन्ड हिमालय डब्लुआर १५५आरयामाहाको डुअल–पर्पोज सेगमेन्टमा नवीनतम अफर हो जुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ–रोड सवारीको रोमाञ्च खोज्नेहरूका लागि भनेर डिजाइन गरिएको छ ।
यसमा निम्न प्रकारका मुख्य सुविधाहरू समावेश छन् :
– शक्तिशाली १५५सीसी लिक्विड–कूल्ड, भीभीए इन्जिन–यामाहाको उन्नत प्रविधिबाट तयार, सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्दछ ।
– हल्का तौल र टिकाउ फ्रेम–अफ–रोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको लागि डिजाइन गरिएको ।
– लंग ट्राभल सस्पेन्सन–उच्चकोटीको स्थिरता र नियन्त्रणको लागि टेलिस्कोपिक फ्रन्ट फोर्क र लिंक–टाइप रियर सस्पेन्सनले सुसज्जित।
– २४५ मि.मि. उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१–इन्च फ्रन्ट ह्वील–चरम भूभाग र अवरोधहरू सजिलैसँग सामना गर्नको लागि उत्तम ।
– उत्कृष्ट ब्रेकिङ प्रणाली–अगाडि र पछाडिको डिस्क ब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्दछ ।
यो सुरुवातसँगै, यामाहा नेपालले साहसिक मोटरसाइकल चलाउने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउँदै, सवारहरूलाई सीमा नाघ्ने र अन्वेषणको अर्थलाई पुनः परिभाषित गर्ने मेसिन प्रदान गर्दै आएको छ । डब्लुआर १५५आर केवल एक मोटरसाइकल मात्र होइन,यो नयाँ भूभागहरू जित्ने र पहिले कहिल्यै नभएको स्वतन्त्रताको अनुभव गर्ने निमन्त्रणा हो ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो । यो आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धताको लागि प्रसिद्ध छ । नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथमा बजारको नेतृत्व गर्दै आएको छ । यामाहाको गुणस्तरीय सेवा र ग्राहक सेवाप्रतिको समर्पणले प्रत्येक सवारले निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द लिने कुरा सुनिश्चित गर्दछ । डब्लुआर १५५आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध छ र यो ‘बियोन्ड हिमालय’ जान साहस गर्नेहरूका लागि तयार छ ।