Logo

नेक्स्ट-जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई-टेक विक शुरु

नेक्स्ट-जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई-टेक विक शुरु



काठमाडौं । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बुधबार बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकि म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठलगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो ।

इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८(Yangwang U8) , एफसीबी बाओ (FCB Bao 5), डेन्जा जेड९जीटी (Denza Z9GT), डेन्जा डी९ (Denza D9), बीवाईडी शार्क ( BYD Shark 6) सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।

बीवाईडी हाईटेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु

इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।

. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।

. प्लेटफर्म . को प्रस्तुति

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट (Intellegent Energy Management) सहित उपलब्ध छ ।

 . डेन्जा जेड९जीटी कम्पास टर्न एक्स्ट्रिम टर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न (Compass turn) फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।

. एफसीबी बाओ स्पिड बम्प सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम (Intellegent Suspension System) यसले देखाएको छ ।

. याङवाङ यु८ e4 प्लेटफर्म डिससपी

यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न (Tank Turn) फिचर पाउन सकिन्छ, जुन e4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ ।

त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी (stability) र एडेप्टिबिलिटी (adaptability) उपलब्ध गराउछ ।

मोबिलिटीको भविष्यमा अग्रगामी बन्दै

अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टी गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्नेछ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् ।

इभेन्टको अवसरमा बोल्दै साइमेक्स इंक प्रा. ली. का चेयरम्यान अनिल श्रेष्ठले भने, ‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सिमाहरुलाई बीवाईडीले लगातार रुपमा पार गरिरहेको छ । हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक हो । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ ।’

ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमाझ ल्याउन साइमेक्स इंक प्रा. ली. सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

फेब्रुअरी २७ बाट प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् ।

पहिलो चरण : ११ देखि १२.३० बजे सम्म

दोस्रो चरण : १.३० देखि ३.०० बजे सम्म

तेस्रो चरण : ४.०० बजे देखि ५.३० बजे सम्म

अवलोकनकर्ताहरुले आफूलाई उपयुक्त समय अनुसारको अनुकूलता मिलाएर इभेन्ट हेर्न सक्नेछन् । बीवाईडी हाई–टेक विक २०२५ को टिकट e-sewa मा उपलब्ध छ । विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।

प्रतिक्रिया दिनुहोस्