Logo

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने



काठमाडौं । गत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन् । पहिलो चरणमा काठमाडौंका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन् ।

नक्शाल स्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरूमा यो सुविधाहरूलाई थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए। यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिंग कल्चर अझै परिष्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ ।

ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिंग एसिसोरिजहरुको सुविधा प्राप्त गर्न सक्नेछन् । यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरूबाट सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्