Logo

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न, १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाए

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न, १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाए



काठमाडौं । जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए ।

जनकपुरको बाह्र बिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । ४०० भन्दा बढिको उपस्थिती रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाएका थिए । उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३.६ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८८.२ किमि प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो स्थानमा रहेका थिए भने ८६.४ किमि प्रति लिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा रहेका थिए ।

यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ ।

आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताए ।

बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्