Logo

रोयल इनफिल्ड महाराइड सम्पन्न, आन्तरिक पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य

रोयल इनफिल्ड महाराइड सम्पन्न, आन्तरिक पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य



काठमाडौं । रोयल इनफिल्डले हालै रोयल इनफिल्ड महा राइड सम्पन्न गरेको छ । रोयल इनफिल्ड प्रेमिहरूको लागि एउटा विशेष उत्सवको रूपमा कम्पनीले उक्त राइड सम्पन्न गरेको हो ।

यो एतिहासिक राईड, जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको उक्त यात्रा सिन्धुलीसम्म पुर्याइएको थियो । यस राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राईड, भातृत्व बिकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने रहेको थियो ।

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो विश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो । बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि राइड अझ भव्य एंवम् बिशाल हुन पुग्यो । थप राईडरहरू सहभागी भएपछि राइड संख्या ६१ भएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले गरेका थिए । साथै, कार्यक्रमको झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काद्वारा गरिएको थियो ।

सचिव रन्जित यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए । यातायात मन्त्रालयका सचिव रन्जित यादवज्यू लगायत अन्य अतिथिहरूले सुरक्षित राइडिङ संस्कृति र यस्तो कार्यक्रमले दिने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए ।

रोड क्याप्टेन विमल श्रेष्ठको नेतृत्वमा, सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रालाई अगाडि बढाएका थिए । ऐतिहासिक जनकपुरधामको जानकी मन्दिरमा परिक्रमा गरी राइडरहरू धार्मिक आस्थासँगै सांस्कृतिक सम्पदाको प्रवद्र्धन पनि गर्न चाहन्थे । यस यात्राको मुख्य उद्देश्य निम्न सन्देश प्रवाह गर्नु रहेको थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धन : ‘घुमौ मधेश, बुझौँ मधेश’ क्याम्पियनलाई सफल बनाउन सहयोग पु¥याउने । नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसर ।

सडक सुरक्षा प्रोत्साहन : अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्नु ।

राइडर समुदाय बलियो बनाउने प्रयास : समान रुचि भएका व्यक्तिहरूलाई एकिकृत गराउने र भातृत्व विकास ।

रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उदाहरण प्रस्तुत गरेको छ । यस्तो कार्यक्रमहरूले देशका विभिन्न सुन्दर गन्तव्यहरूलाई पर्यटन केन्द्र बनाउने सम्भावना उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्