Logo

एमएडब्लूले जित्यो दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ अवार्ड,

एमएडब्लूले जित्यो दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ अवार्ड,



काठमाडौं । द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ २०२५ प्राप्त गर्न सफल भएको छ ।

असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदरस्वरूप कम्पनीले उक्त अवार्ड प्राप्त गरेकाे हाे ।

ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरे । अवार्डले नि:शर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्