काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका नेपाली बजारका आधिकारिक बिक्रेता इटालिया मोटरवर्क्स प्रा. लि. ले सुनरा K5 स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले सुनरा K5 को पावर, प्रदर्शन, प्राविधिक विशेषताहरू, र मूल्य नीतिबारे प्रत्यक्ष रूपमा अनुभव गर्न पाएका थिए। मिडिया प्रतिनिधिहरूले स्कुटरको सवारी गर्दै यसको गति, सुविधा, र ब्याट्री क्षमतालाई प्रशंसा गरेका थिए।
सुनरा K5 मा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा उपलब्ध ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री ५–६ घण्टामा पूर्ण चार्ज हुन्छ र एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। सुनरा K5 को एमआरपी रु. १,८९,९०० राखिएको छ। इटालिया मोटरवर्क्सले सुनरा K5 सँगै रोबो-एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो-एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटर, ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्री, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ८० किलोमिटर प्रति घण्टाको टप स्पीड उपलब्ध छ। यसको एमआरपी रु. ३,७९,९०० रहेको छ भने रु. ६०,००० छुट सहित यो अहिले रु. ३,१९,९०० मा उपलब्ध छ।
ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको एमआरपी रु. ३,१७,९०० रहेको छ भने रु. ५८,००० छुट सहित यसलाई रु. २,५९,९०० मा पाउन सकिन्छ। सिंगल ब्याट्री संस्करण रु. २,३६,९०० को एमआरपीमा रु. ३७,००० छुट सहित रु. १,९९,९०० मा बिक्री भइरहेको छ। ह्वांकले १८०० वाटको मोटर, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ६५ किलोमिटर प्रति घण्टाको स्पीड प्रदान गर्दछ।
इटालिया मोटरवर्क्सले गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा पुर्याउँदै ग्राहकहरूलाई सहज, किफायती, र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाएको छ। कम्पनीको सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले भने, “सुनरा स्कुटरहरूले नेपाली उपभोक्ताको आवश्यकता अनुरूप गति, सहजता, र टिकाउपनलाई प्राथमिकता दिँदै आएका छन्। यी मोडलहरूमा उपलब्ध छुटले ग्राहकहरूका लागि यो अवसरलाई अझै आकर्षक बनाएको छ।”