Logo

माउन्टेन ईभी र टीएमवानमा एमएडब्लू वृद्धिले ल्यायो आकर्षक योजना

माउन्टेन ईभी र टीएमवानमा एमएडब्लू वृद्धिले ल्यायो आकर्षक योजना



काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरूनै बदल्ने एक विशेष योजना ल्याएको छ। यो अभियानले उन्नत प्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणको साथमा ड्राइभिङ र स्वामित्व अनुभवहरूलाई बलियो बनाउने छ।

यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विच गर्नका लागि माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशत सम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन्।

यस योजनामा माउन्टेन ईभीको लागि ९.९९ लाख र टीएमवानको लागि ५.९९ लाख रूपैयाँ सम्मको डाउनपेमेन्ट पनि समावेश छ । जसले विद्युतीय सवारीसाधनको स्वामित्वलाई अझ पहुँचयोग्य र किफायती बनाउने छ। यसका साथै, ग्राहकहरूले आर्थिक वर्ष २०८१/८२ को लागि एक वर्षको निःशुल्क बीमा र सडक करमा छुटसहितका विस्तृत सुविधाहरूको आनन्द लिन सक्नेछन्।

घरमै सुविधाजनक रूपमा चार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउनेछन्। यसमाथि अझै मूल्य प्नयोजनाले निःशुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप-अपबेस्ट भ्यालुएसन बोनस पनि समेट्छ।

यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

कम्पनीले नेपाली बजारको लागि विद्युतीय सवारीसाधनहरूलाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्य राखेको छ। यो सीमित-समयको अफर माघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुनेछ । त्यसैले ग्राहकहरूलाई थप जानकारी र रोमाञ्चक अवसरको फाइदा लिन आफ्नो नजिकको एमएडब्लू वृद्धिको डिलरमा सम्पर्क गर्न प्रोत्साहित गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
Skip This