Logo

‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई ०७ नेपालमा सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई ०७ नेपालमा सार्वजनिक गर्दै एमएडब्लु वृद्धि



काठमाडौं । नेपालका लागि चांगान कार तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई ०७ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘भर्सटाइल, इन्टेलिजेन्ट, क्यापाबल र स्टाइलिस’ दिपल ई ०७ ले मानव जातिको यात्रा अनुभवमै क्रान्ति ल्याउने कम्पनीले अपेक्षा गरिएको छ ।

चांगानको एक सय ६३ वर्ष लामो विरासतलाई नयाँ युगमा पुर्याउने अपेक्षा समेत गरिएको छ । दिपल ई ०७ मा चांगानको प्राथमिकतामा रहेको अत्याधुनिक प्रविधि र अद्वितीय डिजाइन समेत रहेको कम्पनीको भनाइ छ । अब अफरोड क्षमतालाई पनि सम्बोधन गरेको छ । ई०७ एउटा एसयुभी मात्र होइन ‘लाइफस्टाइल स्टेटमेन्ट’ पनि हुने कम्पनीको दावी छ ।

दिपल ई०७ संसारकै पहिलो ‘मास–प्रड्युस्ड ट्रान्सफर्मर एसयुभी’ हो जुन एउटा बटन थिच्दा एसयुभीबाट ट्रकमा कन्भर्ट हुन्छ जसले यसलाई सहरका लागि मात्र होइन अफरोडका लागि पनि उत्तम बनाउनेछ । यसको डिजाइन ‘स्लिक र एरोडाइनामिक्स’लाई ध्यानमा राखेर गरिएको छ तर ‘पर्फमेन्स अपरोड’का लागि जाति हुनुका साथै आरामदायी पनि रहेको कम्पनीले जनाएको छ । १९० किलोवाटको ‘रियरह्विल ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर ‘डब्लुएलटीपी’ रहनेछ र यसमा ‘अल्ट्रा–फास्ट डीसी चार्जर’को क्षमता रहेको छ ।

कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिंग’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८.८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किंक’ जस्ता फिचरहरु छन् । अफरोडका लागि यसमा अत्याधुनिक ‘सस्पेन्सन सिस्टम’ राखिएको छ । अगाडि ‘डबल विसबोन’ र पछाडि ‘एच आर्म सस्पेन्सन’ राखिएको छ जसले ‘रोड इम्प्याक्ट’लाई सोस्नुका साथै खराब सडकमा ‘टायर कन्ट्याक्ट’लाई ‘स्टेबल’ राख्छ ।

प्रतिक्रिया दिनुहोस्