काठमाडौं । बीवाइडी एम ६ सार्वजनिक गरिएको छ । पोखरामा भएको विशेष कार्यक्रमका बीच एम ६ कर्टेन रेज सार्वजनिक गरिएको हो । बीवाडीको लागि नेपालको आधिकारीक बिक्रेता साइमेक इंकले एम६ सार्वजनिक गरेको हो ।
पामे फाँट पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलको अवसरमा नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ मोडेल बीवाइडी एम सिक्स सार्वजनिक गरेको हो । यस गाडीको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एकै दिन १०० ओटा गाडी ग्राहकहरुलाई हस्तान्तरण समेत गरिएको हो ।
कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाइडी एम सिक्स लाई नेपालमा विद्युतीय सवारी क्षेत्रको नयाँ युगको सुरुवातको प्रतीकका रूपमा प्रस्तुत गर्दै, यसले ग्राहकको जीवनशैलीलाई थप सहज र आधुनिक बनाउने विश्वास व्यक्त गरिन् । बीवाइडी एम सिक्स एक प्रिमियम इलेक्ट्रिक एख् हो, जुन नेपालमा पहिलो पटक फरक शैलीमा प्रस्तुत गरिएको हो। यसमा अत्याधुनिक प्रविधि र विशेषता जडित छन्, जसले यात्रुलाई उच्चतम आराम र दक्षता प्रदान गर्नेछ ।
सार्वजनिक कार्यक्रमले पोखराको पर्यटकीय माहोललाई थप रोमाञ्चक बनाएको छ भने विद्युतीय सवारी साधनप्रति मानिसको चासो र आकर्षण समेत बढाएको देखिएको छ । बिवाइडि एम६ मा ५५.४ र ७१.८ किलोवाट आवरको दुई ब्याटि अप्सन पाउन सकिन्छ । यसमा ब्लेड ब्याट्रि प्रयोग गरिएको छ । यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ । यो कारमा भएको ५५.४ किलोवाटको ब्याट्रिले ४२० र ७१.८ किलोवाटको ब्याटिले ५३० किलोमीटर रेन्ज दिने डब्लुएलटिपि (धतिउ) ले प्रमाणित गरेको छ। या ७ सिटर गाडीमा हो। यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ ।
बिवाइडी एम ६ को लम्बाइ ४७१० एमएम चौडाइ १८१० एमएम र उचाइ १६९० एमएम छ । यसमा २८८०० एमएम लामो हिलवेस पाउन सकिन्छ । कारमा ७ प्रिमियम सिट, पानोरामिक ग्लास छत, ५८० लिटरसम्मको लचिलो लगेज क्षमता छ। जसले प्रत्येक यात्रालाई आरामदायी र व्यावहारिक बनाउने कम्पनीको दाबी छ ।
१२ दशमलव ८ इन्चको घुमाउन मिल्ने इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ, र बिवाईडीको एड्भान्स लेभल २ एडास प्रविधि समावेश छ । साथै एलइडी टेलल्याम्प, न्यानारोमिक ग्लास, १७ इन्चको अल्लो हिल ट स्पिकर साउन्ड सिस्टम,भेहिकल टु लोड क्यापसिटी, ३६० डिग्री क्यामेरा जस्ता फिचर यहाँ पाउन सकिन्छ ।