Logo

सीजी मोटर्सले गर्यो एक्सपेंगको जी६ एसयूभी सार्वजनिक, फ्ल्यागशिप शोरुम समेत उद्घाटन

सीजी मोटर्सले गर्यो एक्सपेंगको जी६ एसयूभी सार्वजनिक, फ्ल्यागशिप शोरुम समेत उद्घाटन



काठमाडौं । सीजी मोटर्सले चिनियाँ मोटर्स ब्राण्ड एक्सपेंग गाडी नेपालमा सार्वजनिक गरेको छ । आज एक विशेष कार्यक्रमको आयोजना गर्दै जी६ इलेक्ट्रिकएसयूभी सार्वजनिक गरेको हो । सीजी मोटर्सले काठमाडौको थापाथलीमा एक्सपेंगको फ्ल्यागशिप शोरुमको उद्घाटन गर्दै जी६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।

अब एक आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन गरेको छ । कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्टको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

एक मोटर्सका उपाध्यक्ष डा ब्रायन गूले उद्घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा पनि गरे ।

यो खोपको उद्घाटन र जी६ अल्ट्रा स्मार्ट क्याप एयूभी मोडलको सार्वजनिक सँगै एक्सपेंगले ‘लिडिङ द फ्युचर अफ एआई मोबीलिटी’ ब्रान्ड भिजन राखेको छ । एक्सपेंगका अत्याधुनिक AI गाडीहरू विश्वभरि ३० भन्दा बढी देशहरूमा उपस्थित उपलब्ध छन् । यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा फोक्सवागन से एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको कम्पनीले बताएको छ ।

यसै उद्घाटन कार्यक्रममा सीजीएमले पहिलो चरणका ग्राहकहरूलाई २५ वटा जी६ गाडीहरू हस्तान्तरण पनि गरेको छ । जी मोडललाई विश्वको सबैभन्दा राम्रो सुरक्षा परीक्षण ई एनक्याप मा ५ स्टार रेटिंग प्राप्त छ । यसका साथै एक्सचेंग जी ६ मा स्वचालित प्रविधि एसईर्पीए २.० , ओटीए अपडेट एक्सओएस अपरेटिङ सिस्टम र ८०० भी सुपर फास्ट चार्जिङ समावेश छ ।

यसको मोटर पावर र टर्क क्रमश १२० किलोवाट र ४४० एनएम रहेका छन् । जसमा ६६ किलोवाट ब्याट्री प्याक छ । जसले ४३५ किलोमिटरको रेज दिन्छ । थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि पछाडिको ५०ः५० रेशियो एल्युमिनियम डाईकास्ट बनावट र ९ डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी ६लाई विशेष बनाउँछ । शोरूमको सफल उद्घाटन र गाडीहरूको वितरणसँगै एक्सपेंगले सबैलाई नयाँ फ्ल्यागशिप शोरूम भ्रमण गर्न र विद्युतीय सवारीको भविष्यको अनुभव गर्न कम्पनीले आमन्त्रण गरेको छ ।

देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सीजीएमको ब्रान्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो । सीजीएमले यस वर्षभित्रै ४० वटा स्थानसम्म सेवा केन्द्रहरु बढाउने वर्तमानको २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्रै लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्