Logo

नेपालमा जेइको जेसिक्स र ओमोडाको १०० युनिट एक दिनमा डेलिभरी

नेपालमा जेइको जेसिक्स र ओमोडाको १०० युनिट एक दिनमा डेलिभरी



काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयुभि र ओमोडाको १०० भन्दा धेरै युनिटहरू डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफ-रोड इलेक्ट्रिक एसयुभि हो । गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ-रोड डिजाइनका कारण छोटो समयावधीमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ । त्यसमाथी, अफ-रोड ड्राइभिङमा रूची राख्नेहरूले गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफ-रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए ।

यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ । त्यति मात्र होइन, ओमोडा इपाइभ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको कम्पनीको भनाइ छ । भर्खरै नाडा अटोशोमा ओमोडा ई५ डीएलएक्स ओमोडा इपाइभ लक्सको कम संस्करण हो।

जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफ(रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ-रोड पारखीहरूको लागि उचित रोजाई बनेको छ । २७१५ मिलिमिटरको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो ।

चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८(१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि-क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ । यसको साइड(हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ । जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

जे सिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा रहको कम्पनीका भनाइ । जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ । जे सिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ । पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर-व्हिल-ड्राइभ हो ।

र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरियन्टमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सिएटिएलको एलएफपि (लिथियम फेरोस फस्फेट) ब्याट्रि (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९.७ किलोवाटआवरमा उपलब्ध छ ।० रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसि-रेन्ज रहेको छ । गाडी ३० देखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसि र एसि दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् । समग्रमा, जे सिक्स एक आरामदायी, व्यावहारिक, तथा नेपाली भूभागको लागि सुहाँउदो एसयुभि हो, जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ ।

एसपिजि अटोमोबाइल्स, नेपालमा नवीन र दिगो मोबिलिटि (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ । जेइको जेसिक्स, प्रभावशाली पर्फमेन्स, अद्भुत पावर र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ(रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभिको रूपमा स्थापित रहेको छ ।

एसपिजि अटोमोबाइल्स एडभेन्चर रूचाउने गाडी पारखी, इभिमा रूची राख्ने तथा गाडी खरिद गर्न चाहने सम्पूर्णलाई थापाथलीस्थित जेइको सोरुम भिजिट गरी जे सिक्सलाई नजिकबाट नियाल्न र अनुभव गर्न कम्पनीले जनाएको छ । एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमाः एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, ओमोडा एन्ड जेइको अटोमोबाइल्स कम्पनि लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।

प्रतिक्रिया दिनुहोस्