Logo

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना



काठमाडौं । दसैँको अवसरमा, टीभीएस नेपालले “महा एक्सचेन्ज मेला“को आयोजना गरेको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

असोज १५ देखि २०, २०८१ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दावी गरेको छ । मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्