Logo

दिपल ईभीको ब्राण्ड एम्बास्डरमा पूर्व क्रिकेटर पारस खड्का

दिपल ईभीको ब्राण्ड एम्बास्डरमा पूर्व क्रिकेटर पारस खड्का



काठमाडौ। ईभी ब्राण्ड दिपलको ब्राण्ड एम्बास्डरमा पूर्व क्रिकेटर एवंम् क्रिकेट एसोसिएन अफ नेपाल ९क्यान० का सचिव पासर खड्का नियुक्त भएका छन् ।

नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पूर्व क्रिकेटर खड्कालाई ब्राण्ड एम्बास्डरमा अनुबन्धन गरेको हो ।

कम्पनीको तर्फबाट म्यानेजिङ डिरेक्टर विवेक सिकारियाले ब्राण्ड एम्बास्डर खड्कालाई सम्झौतापत्र हस्तान्तरण गरे । योसँगै कम्पनीले ब्राण्ड एम्बास्टर खड्कालाई दिपल एस ०७ को कीं ह्याण्डओभर समेत गरेको छ ।

नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफु दिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै हर्षित भएको खड्काले बताए । छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल दिपलसँग अनुबन्धन हुन पाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्