Logo

बजाजको ग्रान्ड कार्निभल शुरु, मोटरसाइकल एक्सचेन्जको सुविधा

बजाजको ग्रान्ड कार्निभल शुरु, मोटरसाइकल एक्सचेन्जको सुविधा



काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम् बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरूको महान् चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो ।

यस ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्रान्ड कार्निभलमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाइक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन् । कार्निभल यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्