काठमाडौं । नाडा अटोशो २०२४ को ५ औं दिन सम्ममा जि मोटर्स प्रालि स्काईवेलका बिधुतिय सवारिको आधिकारीक बितरकले ९९ बुकिङ्ग भएको जनाएको छ । स्काईवेल इटि५ बिई११ मोडेलका ६२० किमि, ५२० किमी र ४२० किमीको बुकिङ भएको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।
हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी५ प्रीमियम बिधुतिय यसयुभि बिक्रीबितरण भई सकेका छन भने जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई११ को ७५.९० लाख, बिई११ ५२० किमीको मुल्य ८५.९० लाख एबम ईटी५ को मुल्य १.१० करोड कायम गरेको छ ।
स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो । नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य बृद्दी हुने कम्पनीले जनाएको छ । कम्पनीले ९९ गाडी बुकिङ भएसँगै केक काटेर सेलिब्रेट गरेको छ ।