Logo

नाडा अटो शोमा यामाहा डब्लुआर १५५ आर र एमटी–१५ भर्सन २ को अनावरण

नाडा अटो शोमा यामाहा डब्लुआर १५५ आर र एमटी–१५ भर्सन २ को अनावरण



काठमाडौं । यामाहाले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर र एमटी–१५ भर्सन २ अनावरण गरेको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलको हातबाट ती बाइकहरु अनवरण गरिएको हो ।

यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो। १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ।

यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ ।

एमटी–१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन्। यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई-कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।

कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई रु. ६००० विशेष छुटको साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ। यामाहाको स्टल नम्बर एमएम १५ मा एरोक्स, यामाहा एफजेड एस डिलक्स पनि प्रदर्शनमा राखिएको छ । नाडा अटो शो २०२४ यही भाद्र १६ गतेसम्म जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL