Logo

सुजुकी ‘पर्वोत्सव’ २०८१ योजना, नयाँ स्विफ्टमा ५ वर्षसम्म पेट्रोल खर्च शुन्य

सुजुकी ‘पर्वोत्सव’ २०८१ योजना, नयाँ स्विफ्टमा ५ वर्षसम्म पेट्रोल खर्च शुन्य



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहारका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्ने अफर रहेको कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट दिने जनाएको छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ ।

शुन्य रनिङ्ग खर्च : स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च नै नलाग्ने बताएको छ । भने ५ वर्षको लागि मर्मतसम्भार र पी.यम.यस (पीएमएस) पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

फ्री अटो विमा र एक्सेसरिज :यो योजनामा थप १ वर्षको बीमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निः शुल्क पाउने छ । थप अतिरिक्त वारेन्टी र विक्री पछिको रिसेल भ्यालु प्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी हुने कम्पनीले जनाएको छ ।

उच्च रिसेल भ्यालु : स्विफ्टको बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL