Logo

हुण्डाई क्रेटा बन्यो सबैभन्दा लोकप्रिय कार, यस्तो छ उत्कृष्ट १० कारको सूची

हुण्डाई क्रेटा बन्यो सबैभन्दा लोकप्रिय कार, यस्तो छ उत्कृष्ट १० कारको सूची



काठमाडौं । गत महिना अर्थात् जुलाई २०२४ का शीर्ष १० कारहरूको सूची सार्वजनिक भएको छ । यसपटक सूचीमा सबैको अनुमानविपरित ठूलो परिवर्तन भएको छ । गत जुलाईमा हुन्डाई क्रेटाले अन्य सबै कारहरूलाई पन्छाउँदै नम्बर १ कारको स्थान बनाएको छ ।

योसँगै टाटा पञ्च नम्बर १ बाट चौथो स्थानमा झरेको छ । बजारमा क्रेटाको यस्तो लहर आयो कि पञ्चसँगै मारुति सुजुकीको स्विफ्ट र वैगनआर जस्ता कारहरू पनि पछि परे । गत महिना भारतमा सबैभन्दा बढी बिक्री हुने लोकप्रिय १० कारहरूको सूची यस्तो छ

१. हुन्डाई क्रेटा

हुन्डाई मोटर इन्डियाको सबैभन्दा बढी बिक्री हुने कार क्रेटा गत वर्ष जुलाईमा सबैभन्दा बढी बिक्री हुने कार बन्यो । यो कार एक महनिामा १७ हजार ३५० ग्राहकले खरिद गरेका थिए । क्रेटाको बिक्रीमा वार्षिक २३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

२. मारुती सुजुकी स्विफ्ट

मारुती सुजुकीको सबैभन्दा लोकप्रिय ह्याचब्याक भारतमा विगत केही महिनादेखि लगातार पहिलो र दोस्रो स्थानमा रहँदै आएको छ । गत जुलाईमा १६८५४ ग्राहकहरूले स्विफ्ट खरिद गरेका थिए । तर, दोस्रो स्थानमा रहेको स्विफ्टको बिक्री वार्षिक करिब ६ प्रतिशतले घटेको छ ।

३. मारुती सुजुकी वैगनआर

मारुती सुजुकीको बजेट ह्याचब्याक वैगनआर जुलाईमा तेस्रो सर्वाधिक बिक्री हुने कार बन्यो र यसले बलियो पुनरागमन गर्यो । वैगनआर १६१९१ ग्राहकहरूले खरिद गरेका थिए र यसको बिक्री लगभग २५ प्रतिशतले बढेको छ ।

४. टाटा पञ्च

यस वर्ष भारतमा सबैभन्दा बढी बिक्री हुने कार टाटा पञ्च गत जुलाईमा शीर्ष १० कारको सूचीमा चौथो स्थानमा झर्यो । यो कार जुलाईमा १६,१२१ ग्राहकहरूले किनेका थिए । विक्रीमा शीर्ष स्थानबाट खस्किएपनि यो संख्या ३४ प्रतिशतको वार्षिक वृद्धि हो ।

५. मारुती सुजुकी अर्टिगा

मारुती सुजुकीको सबैभन्दा लोकप्रिय ७ सिटर कार अर्टिगा जुलाईमा सबैभन्दा बढी बिक्री हुने पाँचौं कार बन्यो । यसलाई १५७०१ ग्राहकहरूले किनेका थिए । अर्टिगाको बिक्री वार्षिक रूपमा ९ प्रतिशतले बढेको छ ।

६. मारुती सुजुकी ब्रेजा

मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजाले गत महिना १४,६७६ ग्राहकहरू पाएको छ । यसको बिक्रीमा वार्षिक रूपमा ११ प्रतिशतले गिरावट आएको छ ।

७. टाटा नेक्सन

टाटा मोटर्सको सबैभन्दा लोकप्रिय कारमध्ये एक नेक्सनले गत जुलाईमा बिक्रीमा वृद्धि गरेको । यो कार १३९०२ ग्राहकले खरिद गरेका थिए । नेक्सन र नेक्सन ईभीको बिक्रीमा संयुक्त वार्षिक १२ प्रतिशतले वृद्धि भएको छ ।

८. महिन्द्रा स्कर्पियो

महिन्द्रा एण्ड महिन्द्राको सबैभन्दा लोकप्रिय एसयूवी स्कर्पियो एन र स्कर्पियो क्लासिक जुलाईमा १२२३७ इकाइहरू विक्रि भयो । यो १६ प्रतिशतको वार्षिक वृद्धि हो ।

९. मारुती सुजुकी इको

मारुती सुजुकी इकोले गत जुलाईमा ११९१६ ग्राहक प्राप्त गरेको थियो ।

१०. मारुती सुजुकी डिजायर

जुलाई २०२४ भारतको नम्बर १ सेडान मारुती सुजुकी डिजायरका लागि धेरै राम्रो रहेन । यो शीर्ष १० कारको सूचीमा अन्तिम स्थानमा रह्यो । जुलाईमा ११६४६७ ग्राहकहरुले डिजायर खरिद गरेका थिए र यसको बिक्रीमा १३ प्रतिशतको वार्षिक गिरावट रेकर्ड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL